रास्वपाका निलम्बित महामन्त्री ढकाल भन्छन् – उपसभामुखको सचिवालयले ९ लाख लिएको प्रमाण भेटिन्छ

रास्वपाका निलम्बित महामन्त्री ढकाल भन्छन् – उपसभामुखको सचिवालयले ९ लाख लिएको प्रमाण भेटिन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले उपसभामुख इन्दिरा राना मगरको सचिवालयले अमेरिकाको भिसाका लागि दूतावासलाई पत्र लेख्दा आर्थिक लेनदेन भएको प्रमाण भेटिने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा डा. ढकालले तत्कालीन समयमा आफू महामन्त्री रहेको र जानकारीमा पाएर यो विषयको सोधखोज गर्दा आर्थिक लेनदेन भएको पाएको उनले उल्लेख गरेका छन् ।

राना र रास्वपाले यो प्रकरणमा आर्थिक लेनदेन भएको नपाइएको दाबी गरे पनि ढकालले लाखौँको लेनदेन भएको आफूले पाएको दाबी गर्दै यसको प्रमाण पीडितसँग भएको उल्लेख गरेका छन् ।

‘९ लाख रूपैयाँ उपसभामुख सचिवालयले लिएको रहेछ र त्यसलाई फिर्ता गरेपछि पीडितले बयान दिन र थप सम्पर्कमा आउन इन्कार गरिन्,’ ढकालले फेसबुकमा लेखेका छन्, ‘पीडितका अनुसार ९ लाख फिर्ता भएको बैंक स्टेटमेन्ट अझै पनि पीडितसँग सुरक्षित छ ।’

आफूले सोधखोज गरेपछि पीडितले रकम फिर्ता पाएको पनि ढकालले उल्लेख गरेका छन् ।

यस्तो छ ढकालको फेसबुक स्ट्याटस् :