काठमाण्डु महानगर-१६ को अध्यक्षमा रिजाल विजयी


काठमाण्डु – काठमाण्डु महानगरपालिका- १६ को अध्यक्षमा नेपाली कांग्रेसका मुकुन्द रिजाल विजयी भएका छन् । गत वैशाख ३० गते सम्पन्न मतदानको केहीबेर अगाडि सम्पन्न मतगणनामा रिजालले चार हजार १९ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा विजयी भएका हुन् । उनी यसअघि पनि सोही वडाको अध्यक्ष थिए।

उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार लक्ष्मी तुलाधरले तीन हजार ३१० मत प्राप्त गरिन् । यस्तै चार सदस्यमा भने नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । उक्त वडामा १२ हजार ३०८ मत खसेको थियो ।

काठमाण्डु-१६ मा सोह्रखुट्टे, वनस्थली, बालाजु, म्हैपी, माछापोखरीलगायतका क्षेत्र पर्दछन् । वडा अध्यक्ष विजयी रिजाल नेपाली कांग्रेस क्षेत्र नं ७ को क्षेत्रीय सभापतिसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement