उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायम सिंह यादवको निधन


नयां दिल्ली – उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायम सिंह यादवको निधन भएको छ । भारतको गुरुग्रामस्थित मेदान्त अस्पतालमा सोमबार यादवको निधन भएको हो । समाजवादी पार्टीका संरक्षक समेत रहेका यादव उत्तर प्रदेशको ३ पटक मुख्यमन्त्री र केन्द्र सरकारमा रक्षामन्त्री समेत भएका थिए ।

यादवको ८२ वर्षको उमेरमा निधन भएको हो । उनको जन्म भारतको इटाहामा भएको थियो । ६ दशक लामो सक्रिय राजनीतिमा रहेका यादवको निधनप्रति भारतिय नेताहरुले दुख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement