मुलुकी संहिता संशोधनसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित

मुलुकी संहिता संशोधनसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाको आइतबारको बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ लाई बहुमतले पारित गरेको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सोसम्बन्धी प्रस्ताव राखेका थिए ।

विधेयकमाथिको छलफलका क्रममा सांसदले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री ढकालले जनताको दैनिकीसँग जोडिएका कानूनमा भएका जटिलता फुकाउन सरकार सधैँ सकारात्मक रहेको धारणा व्यक्त गरेका थिए ।

प्रतिवेदन सहितको विधेयकमाथिको छलफलमा सहभागी हुँदै सांसदहरु प्रेम सुवाल, पुष्पा भुसाल ९गौतम०, शेर बहादुर तामाङ, हितबहादुर तामाङ, कृष्णभक्त पोख्रेलले महत्वपुर्ण विधेयक भएकाले त्यसबारे बृहत रूपमा सरोकारवालासँग छलफल गर्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै विधेयकमाथि थुप्रै संशोधन आवश्यक रहेको बताए।

सांसद भुसालले विधवा महिलाले अर्को बिहे गरेमा सम्पत्ति फिर्ता गर्नुपर्नेलगायत विधेयकमा भएका प्रावधान अझै पनि संशोधन गर्न आवश्यक रहेको धारणा राखे।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले विषयगत आधारमा संसोधन गर्नुपर्ने आवश्यकता देखिएमा भविष्यमा संशोधन गर्दै लैजान सकिने बताएका थिए।