मुलुकी अपराधसंहिता संशोधन : १० वर्ष कैद तोकिएको व्यक्ति पाँच वर्षमै जेलमुक्त हुने

मुलुकी अपराधसंहिता संशोधन : १० वर्ष कैद तोकिएको व्यक्ति पाँच वर्षमै जेलमुक्त हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नयाँ मुलुकी अपराधसंहिता लागु भएको एक वर्ष नबित्दै सरकारले संशोधन गरेर आधा कैद छुट दिने व्यवस्था गरेको छ। गत भदौदेखि लागु भएको संहिता संशोधन गरी फौजदारी कसुर (कैद कट्टासम्बन्धी) नियमावली बनाएर ५० प्रतिशत कैद मिनाहको व्यवस्था गरेको छ।

नयाँ मुलुकी अपराधसंहितामा कुनै पनि अपराधमा न्यूनतम ७५ प्रतिशत कैद भुक्तानी गरेपछि मात्र बाँकी कैद मिनाह गर्न सकिने प्रावधान राखिएको थियो। विगतमा बढी छुट दिँदा अपराध बढेपछि ७५ प्रतिशत कैद अनिवार्य गरिएको थियो। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।