हवाई इन्धनको मूल्य घट्यो

हवाई इन्धनको मूल्य घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । हवाई इन्धनको नयाँ मूल्य केही घटेर आएपछि निगमले मूल्य समायोजन गरेको हो ।

जसअनुसार निगमले आन्तरिकतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति लिटर १० रुपैयाँ घटाएर १५० रुपैयाँ प्रतिलिटर कायम गरेको छ । त्यस्तै, अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति किलोलिटर २ सय अमेरिकी डलर (करिब २६ रुपैयाँ प्रति लिटर) ले घटाएको जनाइएको छ ।