फ्रन्टलाइन वर्कर बनिन् ऋचा चड्डा


मुम्बई – उत्कृष्ट अभिनेत्रीका रुपमा पहिचान बनाएकी अभिनेत्री ऋचा चड्डा जी स्टुडियोको व्यानरमा निर्माण हुन लागेको एक बेनामे फिल्ममा फ्रन्टलाइन वर्करको भूमिकामा अभिनय गर्ने भएकी छन् । फिल्ममा कोभिड महामारीको दोस्रो लहरमा फ्रन्टलाइन वर्करले कसरी काम गरे भन्ने विषय देखाइनेछ । जहाँ ऋचा प्रमुख भूमिकामा देखिनेछिन् ।

‘यो त्यो वास्तविक घटनामा आधारित छ, जहाँ हामी सबैले कोभिडको दोस्रो लहरमा देखेका थियौं । जहाँ नोक्सान र निराशा थियो, त्यहाँ आशा पनि थियो । फिल्मले महामारीको दौरान हाम्रो पूरा जीवनमा एक नजर लगाउनेछ । जहाँ हामी मानव हुन डराउँथ्यौं । किनकी हामीले दुरी बढाईरहेका थियौं । यो फिल्मले ती नर्स र डाक्टरको कुरा गर्नेछ, जसले निस्वार्थ भावले आफ्नो काम गरेका थिए । म यस्तै एक नर्सको भूमिकाका लागि सम्मानित महसुस गरिरहेको छु’, उनले भनेकी छन् ।

फिल्मको निर्देशन अभिषेक आचार्यले गरेका छन् । ऋचाले ‘गल्र्स विल बी गर्ल्स’को सुटिङ पनि पुरा गरेकी छन् । यो उनको होम प्रोडक्सनको पहिलो फिल्म हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement