म्युनिखले गर्‍यो पहिलो पराजयको सामना

म्युनिखले गर्‍यो पहिलो पराजयको सामना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- जर्मन बुन्डेसलिगामा वायरन म्युनिखले पहिलो पराजयको सामना गरेको छ । गए राति भएको खेलमा मेन्जले म्युनिखलाई २–१ ले हरायो । सो खेलको ४१ औं मिनेटमा म्युनिखको रक्षापक्तीले गरेको गल्तीको फाइदा उठाउँदै दक्षिण कोरियाली स्ट्राइकर ली जाय सुङले मेन्जलाई अग्रता दिलाएका थिए ।

६० औं मिनेटमा सङले नै अर्को गोल थपे । खेल सकिन तीन मिनेट बाँकी रहँदा लियोरे सानले म्युनिखका लागि गोल गरे ।

बुन्डेसलिगका शनिबार भएका अन्य खेलमा वायर लिभरकुसेनले अग्सबर्गलाई २–० ले हरायो । बोरुसिया मोन्चेनग्लेडब्याकले होल्टलकेइललाई ४–१ ले, वेरडर ब्रेमनले सेन्ट पाउलीलाई २–० ले हराए । युनियन बर्लिन र बोकुमबिचको खेल १–१ को बराबरीमा सकियो ।

तालिकामा म्युनिखको ३३ तथा दोस्रो स्थानमा रहेको लिभरकुसेनले २९ अङ्क छ । एक खेल कम खेलेको फ्रान्क फर्टको २७ अङ्क छ ।