काठमाण्डु – भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावर ४ दिने नेपाल भ्रमणमा काठमाण्डु आउँदैछन् ।
विदेश मन्त्रालयमा नेपाल र भुटान डेक्स हेर्ने अतिरिक्त सचिव महावर आईतबार काठमाण्डु आउने भएका हुन् ।
भ्रमणका क्रममा उनले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गर्ने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
भ्रमणका क्रममा उनले आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी, भारतीय लगानीका आयोजनाको प्रगतिका विषयमा सरकारसँग छलफल गर्नेछन् ।
उनले राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्ने कि नगर्ने भन्ने अनिश्चित रहेको बताइएको छ ।




प्रतिक्रिया