काभ्रेमा सासूको हत्या आरोपमा बुहारी पक्राउ

काभ्रेमा सासूको हत्या आरोपमा बुहारी पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे – धुलिखेलमा बुहारीबाट सासूको हत्या भएको छ । धुलिखेल नगरपालिका-१ देबिटारमा जेठी बुहारीबाट देबिटारकी ६३ वर्षीया सासु माइलीमाया तामाङकी जेठी बुहारी सुन्तली तामाङले सासूको हत्या गरेको प्रहरीले जनाएको छ।

मंगलबार राति ९ बजेतिर आपसमा सासू बुहारीबीच झगडा भइरहेको भन्ने सूचना आएसँगै प्रहरी घटनास्थाल पुगेको थियो। मृतक माइलीमाया तामाङको शव घरमै मृत अवस्थामा फेल परेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निञ्जन भट्टराईले बताए।

सासू-बुहारीबीच झगडा हुँदा बुहारीले सासूलाई लछार पछार तथा कुटपिट गरी भुँइमा पछार्दा ढलानमा टाउको ठोकी घटनास्थलमै मृत्यु भएको हुनसक्ने प्रहरी निरीक्षक भट्टराईले बताए।