बारामा एक जनाको हत्या

बारामा एक जनाको हत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-बाराको महागढीमाई नगरपालिकामा धारिलो हतियार प्रहार गरी शनिबार राति एक जनाको हत्या भएको छ ।

हतियार प्रहार गरी महागढिमाई नगरपालिका-१ सेमरा तेगछीयाका ५० वर्षीय श्रीनारायण प्रसाद यादवको हत्या भएको प्रहरीले जनाएको छ ।

अज्ञात समूहले यादवलाई धारिलो हतियार प्रहार गरि गम्भीर घाइते बनाएका थिए । उनको उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

यादवमाथि हतियार प्रहार गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको तथा घटनाको समबन्धमा थप अनुसन्धान भइरहेको सापकोटाले बताए ।