काठमाण्डु दैलेखमा ११ वर्षीय बालकको हत्या भएको छ । दुल्लु नगरपालिका–५का शमबहादुर दशौंदीका ११ वर्षीय छोरा खेमराज दशौंदीको हत्या गरिएको अवस्थामा शव भेटिएको छ ।
माघ २५ गते हराएका ति बालकको शव आफ्नै साथीहरूले हत्या गरेर गाडेको अवस्थामा प्रहरीले फेला पारेको हो । सँगैका साथीले हत्या गरेर बालकको शव घर नजिकै रहेको बाँसघारीमा गाँडेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ ।
छोराको खोजी गरिदिन बुबा दशौंदीले माघ २६ गते इलाका प्रहरी कार्यालय दुल्लुमा निवेदन दिएका थिए । हराएका बालकको हुलिया परिपत्र गरि प्रहरीले खोजतलास गरेको थियो । अनुसन्धानको क्रममा उनीसँगै रहेका साथीहरूले हत्या गरेको पत्ता लागेको प्रहरीको भनाइ छ ।
हत्यामा संलग्न भएको आशंकामा प्रहरीले २ बालकलाई पक्राउ गरेको छ । उनीहरूले हत्या गरेको स्वीकारेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चोरी गरेर ल्याएको सुनको गहना बिक्री गर्ने बिषयमा बिवाद हुँदा बालकलाई आफ्नौ साथीले माघ २५ गते राति नै हत्या गरेर घर नजिकै रहेको खोलामा खाल्डो खनी गाडेका थिए। उनीहरुविरुद्ध जिल्ला अदालत दैलेखबाट म्याद थप गरेर अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया