कोहलपुरमा भाइले गरे दाइको हत्या

कोहलपुरमा भाइले गरे दाइको हत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज – बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाइको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई सोमबार पक्राउ गरेको छ ।

आईतबार साँझ २६ वर्षीय दाजु मनोज चौधरीलाई हत्या गरी नहरमा फालेर फरार भएका २० वर्षीय विनोदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक जीवराज थापाले जनाएको छ ।

प्रहरीले निजलाई कोहलपुर नगरपालिका–१५ स्थित चन्हवाबाट पक्राउ गरेको थियो । कुटपिटबाट हत्या भएकाले घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्ज ल्याइएको छ ।