हत्या अारोपी युवराज गिरीलाई समात्न बर्दियामा प्रहरीले गोली चलायो

हत्या अारोपी युवराज गिरीलाई समात्न बर्दियामा प्रहरीले गोली चलायो


काठमाडौं – नेपाल प्रहरीमा भर्ना हुन आएका सुर्खेतका दीपकसिंह ठकुरीकोे बाँकेको कोहलपुरमा घाँटी रेटेर विभत्स हत्या गर्ने आरोपी युवराज गिरीलाई पक्राउ गर्न प्रहरीले बर्दियामा गोली चलाएको छ।

यसअघि २६ माघमा बाँकेको कोहलपुरमा नेपाल प्रहरीमा भर्ना हुन सुर्खेतबाट कोहलपुर पुगेका ठकुरीको विभत्स हत्या भएको थियो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले उनको खोजी जारी राखेको थियो ।

त्यसक्रममा इलाका प्रहरी कार्यालय, कोहलपुरका डीसपी रमेशबहादुर सिंह नेतृत्वको टोलीले उनलाई पक्राउ पर्नेमा क्रममा भाग्न खोजेपछि प्रहरीले गोली चलाएको हो । उनको खुट्टामा गोली लागेको जनाइएको छ । उनलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ ।