कोदालो प्रहार गरी आफ्नै बाबुको हत्या गर्ने दुईजना पक्राउ

कोदालो प्रहार गरी आफ्नै बाबुको हत्या गर्ने दुईजना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ – कोदालो प्रहार गरी आफ्नै बाबुको हत्या गरेको अभियोगमा विराटनगर महानगरपालिका-१४ झटिहाही बस्ने २९ वर्षीय रोहित चौहान र २६ वर्षीय नागेन्द्र चौहानलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै बाबु सत्यराम भन्ने ६९ वर्षीय सिताराम चौहानलाई जेठ ३ गते हत्या गरी घरभित्रैको कोठाको खाटमुनी खाल्डो खनी गाडेको अवस्थामा शव फेला पारी उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त घटनाबारे प्राप्त विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले मृतकको घरभित्र कोठामा खाटमुनी खाल्डो खनी गाडेको अवस्थामा सिताराम शव फेला पारेको हो ।

दुवै दाजुभाइ रोहित र नागेन्द्रले जेठ ३ गते मजदुरी गरेको ज्याला प्राप्त भए पश्चात केही कपडा किनेर मादक पदार्थ समेत सेवन गरी घर पुगेपछि सितारामले जेठो छोरा रोहितसँग पैसा माग्दा नदिएको बिषयमा झगडा हुँदा दुबै जनाले बाबुलाई पालैपालो गरी कोदालोले टाउकोमा प्रहार गरेको खुल्न आएको छ । घटना पश्चात नागेन्द्र सोही ठाउँस्थित हडताली हाटमा रहेको