काठमाण्डु – घरबेटीको कुटाइबाट काठमाण्डुकाे भाजङगलमा बस्ने एक जनाकाे मृत्यु भएको छ । बारा कलैया उपमहानगरपालिका–५ घर भई हाल काठमाण्डु भाजङगल बस्ने ४८ वर्षीय शम्भु चौधरीको घरबेटीको कुटाइबाट हो ।
काठमाण्डुस्थित कीर्तिपुर नगरपालिका–७ भाजङगलका ६६ वर्षीय कृष्ण महर्जनले सामान्य विवादमा चौधरीलाई आग्लोले हिर्काएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
आग्लोले लागेर गम्भीर घाइते चौधरीको उपचारको क्रममा कीर्तिपुर मोडल अस्पतालमा मृत्यु भएको कीर्तिपुरका डीएसपी रुकेश तन्डुकारले जानकारी दिए । हत्या आरोपमा महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




प्रतिक्रिया