हत्यारालाई बचाएको अभियोगमा श्रीलंकाका सैनिक अधिकारी पक्राउ

हत्यारालाई बचाएको अभियोगमा श्रीलंकाका सैनिक अधिकारी पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 एजेन्सी – सन् २००९ मा भएको गृहयुद्धका क्रममा ११ युवालाई पक्राउ गरी क्रुरतापूर्वाक हत्या गरिएका सैनिक अधिकारीलाई बचाएको भन्दै श्रीलंकाका सैनिक एडमिरल रविन्द्र विजगुरत्नेलाई पक्राउ गरिएको छ।

पक्राउ गर्न अदालतले आदेश दिएलगत्तै उनी अदालतमा हाजिर भएका थिए। अदालतले वारेन्ट जारी गर्दा पनि विजगुरत्ने राष्ट्रपतिको दूतका रूपमा मेक्सिको पठाइएका थिए। सन् २००९ मा पक्राउ गरी हत्या गरिएका गरिएका १९ जनाको शव अझै फेला परेको छैन। श्रीलंकामा ३७ वर्ष चलेको गृहयुद्धका क्रममा ४० हजारले ज्यान गुमाएका थिए।