प्रमोदकाे स्वरमा रहेको ‘चुप चाप मन पराए’ सावर्जनिक


काठमाण्डु – गायक प्रमोद खरेलको स्वरमा रहेको ‘चुप चाप मन पराए’ म्युजिक भिडियो सावर्जनिक भएको छ । सोमबार ओएसआर डिजिटल युट्युब च्यानल मार्फत उक्त आधुनिक म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

भिडियोमा एन्जेला बानिया र रोहित बसनेतले अभिनय गरेका छन् भने संगित कृति न्यौपानेको रहेको छ । यसैगरी, प्रमोद भट्टराई ‘प्रतीक’को शब्द, एरेन्जर पुरुषोत्तम सुवेदीको रहेको छ ।

क्यामेराम्यान मेघराज मगरती, रेकर्डिस्टमा शम्भु तण्डुकार, ओमप्रकाश अवस्तीको निर्देशनमा उक्त भिडियोले सार्थकता पाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement