काठमाण्डु – काठमाण्डु महानगरपालिका १८ वडाको वडाध्यक्ष र सम्पदा समितिको सदस्य न्हुच्छेकाजी महर्जनले सांस्कृतिक बाजाहरूलाई व्यावसायिक रूपमा अगाडि बढाउन महानगरपालिका लागि रहेको बताएका छन् ।
शनिबार काठमाण्डु युथ आर्केस्ट्राले आयोजनामा गरेको ‘स्प्रिङ कन्सर्ट’मा उनले सांस्कृतिक बाजालाई व्यावसायिक रूपमा अगाडि बढाउन सकिन्छ भन्ने सन्देशसहित महानगरपालिका लागि रहेको भन्दै यसले गर्दा पनि युवाहरू आकर्षित भइरहेका बताए ।
उनले भने, ‘हिजोको समयमा बाजा बजाएर के हुन्छ र भन्ने गरेका थिए भने अहिले युवाहरूले यसलाई व्यावसायिक रूपमा अगाडि बढाउन सकिन्छ भन्ने सन्देशसहित महानगरपालिकाले सिकाइरहेको छ । त्यसकारण यसप्रति युवाहरू आकर्षित भइरहेका छन् ।’
अन्तर्राष्ट्रिय स्तरमा नेपाली गीत–संगीत बजाउने उद्देश्यले, नेपालको संस्कृती सम्बन्धी प्रचारप्रसार गर्नको लागि नेपालमा स्प्रिङ कन्र्सट गरिएको उनले बताए । उनले भने, ‘संगीतको सम्बन्धमा आयोजित कार्यक्रम हो । नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्नको लागि एउटा किताब पनि विमोचन भएको छ । जसमा संगीतका बोलहरू छन् । किताब हेरेर जोकोहीले पनि नेपाली संगीत बजाउन सक्छन् । अन्तर्राष्ट्रिय स्तरमा नेपाली गीत बजाउने उद्देश्यले किताब लेखिएको हो । नेपालको संस्कृती सम्बन्धी प्रचारप्रसार गर्नको लागि कार्यक्रम आयोजना भएको हो ।’
काठमाण्डु युथ आर्केस्ट्राका सचिव न्हुच्छे मुनिकारले नेपालको गीत संगीतलाई अन्तर्राष्ट्रियकरण गर्नको लागि विभिन्न देशका कलाकारहरूसँग मिलेर कार्यक्रम गरिरहेको बताए ।
उनले भने, ‘हामी नेपालीहरू गीत संगीतमा धेरै धनी छौं । तर यसलाई अन्तर्राष्ट्रियकरण गर्ने हिसाबले लान सकेका छैनौं र त्यसैको लागि विभिन्न देशका कलाकारहरूसँग मिलेर कार्यक्रम गरिरहेका छौं । आउँदो दिनमा पनि नेपाली संगीतलाई जोगाउन कार्यक्रम गर्ने सोच बनाएका छौ ।’
कार्यक्रममा सिंगापुर बसेर संगीत सिकाइरहेका अमेरिकी संगीतकार, कलाकार एवं संगीत शिक्षक डा. जोन शार्पलीले पनि प्रस्तुति दिए । अमे डे लुमिएर होलिस्टिक सिंगापुर साउन्ड हिलरकी संस्थापक, मेटाफिजिसियन, इनर्जी हिलर, डकुमेन्ट्री निर्माता अमेलिया काङले पनि सहभागिता जनाइन् ।
कन्र्सटमा पुराना गीतहरूको प्रस्तुतिले शनिबार रसियन कल्चर सेन्टरको हल गुन्जयामान भयो । कन्र्सटमा ‘प्रेट्रोटिक संङ, ‘कल्चरल संङ’, ‘हेलिङ म्यूजिक’ प्रस्तुत गरिएको छ ।
प्रतिक्रिया