काठमाण्डु – अर्बपति व्यापारी तथा टेस्लाका मालिक एलन मस्क १३० दिनपछि ट्रम्प प्रशासनबाट बाहिरिएका छन् । सामाजिक सञ्जाल एक्समा लेख्दै उनले सरकारको कर्मचारीका रूपमा आफ्नो समय सकिएको उल्लेख गरेका छन् ।
डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सीमा जिम्मेवारी दिएकोमा उनले राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन् ।
गत वर्ष भएको निर्वाचनमा ट्रम्पलाई जिताउन सबैभन्दा बढी भूमिका खेलेका मस्कलाई ट्रम्पले आफ्नो कार्यकाल सुरु भएपछि डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सीको जिम्मा दिएका थिए, जसको उद्देश्य सरकारको फजुल खर्च कम गर्नु थियो । ट्रम्पले ३० मे २०२५ सम्मका लागि मस्कलाई यो विभागमा नियुक्त गरेका थिए । सोही कारण मस्कले राजीनामा दिँदा उनको कार्यकाल एक दिन मात्रै बाँकी थियो । मस्कले गत वर्ष भएको निर्वाचनमा ट्रम्पलाई जिताउन २७७ मिलियन डलर खर्च गरेका थिए ।
मस्कको राजीनामाको खास कारण बाहिर ल्याइएको छैन । तर, उनले ट्रम्पले बिग ब्युटिफुल बनेको विधेयकको विरोध गरेका थिए । यो विधेयकको उद्देश्य सन् २०१७ मा गरेको कर कटौतीलाई स्थायी बनाउनु थियो ।
आफ्नो कम्पनीले टेन्डर नपाए पनि मस्कले ट्रम्पका सल्लाहकार डेभिड सैक्स र बाँकी अधिकारीहरूको निष्पक्षतामा प्रश्न उठाएका थिए । मस्कले सन् २०२४ मा अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्पका लागि २७७ मिलियन डलर खर्च गरेका थिए भने सन् २०२६ सम्म मिडटर्म निर्वाचनअघि १ सय मिलियन डलर दिने वाचा गरेका थिए ।
तर, अहिलेसम्म यो रकम नदिएपछि ट्रम्पको टिम पनि मस्कसँग खुसी थिएन । योसँगै मस्कलाई पेन्टागनका गोप्य जानकारी दिएको विषयले पनि असन्तुष्टि चुलिएको थियो ।
प्रतिक्रिया