काठमाण्डु – ‘इन्टरनेसनल वुमेन अफ करेज’ को अवार्ड जितेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्कान खातुनलाई बधाई दिएकी छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपति भण्डारीले वीरगन्ज छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालयले दिने यस वर्षको ‘इन्टरनेसनल वुमेन अफ करेज’ को अवार्ड जितेपछि बधाई दिएकी छन ।
खातुन यो अवार्ड पाउने पहिलो नेपाली हुन् । त्यस्तै यो अवार्ड पाउनेमध्ये उनी संसारकै सबैभन्दा कम उमेरकी व्यक्ति पनि हुन् ।
उनले भनेकी छन्, ‘एसिड आक्रमणको असैह्य पीडालाई शक्तिमा बदल्दै यस जघन्य अपराधविरूद्ध कडा कानुन र सजायका लागि साहसिक अभियान सञ्चालन गर्ने किशोरी मुस्कान खातुनलाई प्रतिष्ठित ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार’ प्रदान गरिने घोषणा गरिएकोमा मुस्कान खातुनलाई हार्दिक बधाई तथा अमेरिकी सरकारलाई धन्यवाद !’




प्रतिक्रिया