पवित्रालाई मुस्कानले भनिन्ः रोएर हिम्मत नहार्नु, अपराधीहरूको झन हौसला बढ्छ

पवित्रालाई मुस्कानले भनिन्ः रोएर हिम्मत नहार्नु, अपराधीहरूको झन हौसला बढ्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मुस्कान खातुनले अस्पताल पुगेर पवित्रा कार्कीलाई हिम्मत नहार्न भन्दै हौसला प्रदान गरेकी छन् ।

बिहिबार साँझ एसिड प्रहारबाट घाइते भएकी ओखलढुंगाकी पवित्रा कार्कीलाई आज बिहानै कीर्तिपुरस्थित कीर्तिपुर अस्पताल पुगेर खातुनले हौसला प्रदान गरेकी हुन् । उनले पवित्रालाई हौसला दिँदै भनिन्, ‘रोएर हिम्मत हानु हुँदैन । रोयो भने अपराधीहरूको झन हौसला बढ्छ ।’

त्यस्तै खातुनले सरकार समक्ष घटनाका दोषी मोहम्मद आलाम र भारतीय नागरिक मुन्ना मोहम्मदलाई कडा कारवाही गर्नुपर्ने माग गरेकी छन् । पवित्रालाई भेट्न अस्पताल पुगेकी मुस्कान खातुन स्वयं एसिड प्रहारकी पीडित हुन् ।

बिहीबार साँझ पौने आठ बजे नागार्जुन नगरपालिका–४ सृजनशील टोलमा ओखलढुङ्गाकी २२ वर्षे कार्कीमाथि एसिड प्रहार भएको थियो ।