वीरगंज – मुस्कान खातुन एसिड प्रहार गर्ने एक जना अभियुक्त साधारण तारेखमा रिहा भएका छन् । त्रिभुवन माविको कक्षा ९ मा अध्ययनरत मुस्कान एसिड आक्रमणपछि हालसम्म काठमाडौंमा उपचाररत छिन् ।
जिल्ला अदालतले घटनाका अभियुक्त समसाद मियाँ वैशाख १४ गते पुनः अदालतमा हाजिर हुनेगरी रिहा भएका हुन् । समसादलाई उनकी आमा हसिना खातुनले सहीछाप गरी जिम्मा लिएकी हुन् ।
ज्यान मार्ने उद्योग तथा तेजाब छर्की कुरूप पारेको मुद्दामा बाल सुधार गृहमा रहेका आरोपी समसाद मियाँलाई जिल्ला अदालतले बोलाएको समयमा उपस्थित हुने गरी परिवारको जिम्मा लगाएको हो ।
भदौ २० गते बिहान छपकैया निवासी मुस्कान खातुनमाथि गणेशमान चोकमा समसाद र मजिद मियाँले एसिड प्रहार गरेका थिए ।




प्रतिक्रिया