मुस्ताङमा विश्वविद्यालय खोल्न भारतलाई अनुमति दिएको भन्ने ओलीकाे भनाई झुटो: सरकार

मुस्ताङमा विश्वविद्यालय खोल्न भारतलाई अनुमति दिएको भन्ने ओलीकाे भनाई झुटो: सरकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सरकारले मुस्ताङमा विश्वविद्यालय स्थापना गर्नका लागि भारतलाई अनुमति दिएको भन्ने कुरा भ्रमपूर्ण रहेको बताएको छ ।

जिल्लाको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सरकारले विश्वविद्यालय स्थापना गर्नका लागि भारतलाई अनुमति दिएको भन्ने पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाई भ्रमपूर्ण रहेको नेपाल सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले बताएकी हुन् ।आइतबार उनले विज्ञप्तिमार्फत नेपाल सरकारले यससम्बन्धी कुनै निर्णय नगरेको स्पष्ट पारेकी छन् ।

‘मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सरकारले कुनै अमूक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको छ । नेपाल सरकारले यससम्बन्धी कुनै निर्णय नगरेको स्पष्ट गर्न चाहन्छौं ।’, शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

शनिबार काठमाण्डुमा भएको एक कार्यक्रममा अध्यक्ष ओलीले मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्वीकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनविरुद्ध गद्दारी गरेको आरोप लगाएका थिए ।