काठमाण्डु – मुस्ताङमा एक युवकले गुफालाई ‘गेस्ट हाउस’ बनाएका छन् । पेमा घिर्मी गुरुङले मुस्ताङको लोमान्थाङ–२ छोसेर अवस्थित सेल्तामा गुफालाई ‘गेस्ट हाउस’ मा परिणत गरेका हुन् ।
उनले सन् २०१८ बाट नै उक्त गेस्ट हाउस संचालनमा ल्याएको जानकारी दिए । संचालन लगत्तै कोरोना महामारीले ओझेलमा परेको गुफा गेस्ट हाउसले विस्तारै गती लिन थालेको छ । उक्त गुफामा स्वदेशी तथा विदेशी पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ ।
‘सेल्कार’ गेस्ट हाउस नाम दिइएको उक्त गुफामा पुग्न जोमसोम–कोरला राजमार्गदेखि बीस मिनेटको पैदल यात्रा गर्नुपर्ने सञ्चालक गुरुङ बताउँछन् ।
४ वटा कोठामध्ये एकमा ६ वटा बेड र अर्को ३ कोठामा २/२ वटा बेडको ब्यवस्था गरिएको गुफामा बास बस्न आउने पर्यटकहरुसँग ३ देखि ७ हजार रुपैयाँसम्म शुल्क लिने गरेको उनले बताए ।












प्रतिक्रिया