मुस्ताङ अवलोकनमा गएकी सांसद गौचनकाे सेनाले गर्‍याे उद्धार

मुस्ताङ अवलोकनमा गएकी सांसद गौचनकाे सेनाले गर्‍याे उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–गण्डकी प्रदेशकी सांसद विमला गौचनलाई नेपाली सेनाले उद्धार गरेको छ।

मुस्ताङ अवलोकनमा गएकी नेपाली कांग्रेसकी सांसद गौचनलाई मुस्ताङमा रहेको नेपाली सेनाको टोलीले बिहीबार स्थलमार्गबाट उद्धार गरेको हाे ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार गौचन भदौ २ गते दामोदर कुण्डको अवलोकनका लागि गएकी थिइन्।

भदौ ३ गतेदेखि विरामी परेकी उनकाे मौसम प्रतिकूल नहुँदा हेलिकप्टरबाट उद्धार गर्न सकिएकाे थिएन ।