मुस्ताङको कोवाङमा हिम पहिरो

मुस्ताङको कोवाङमा हिम पहिरो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मुस्ताङमा हिम पहिरो गएको छ । जिल्लाको थासाङ गाउँपालिका वडा नम्बर २ को कोवाङमा हिम पहिरो गएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद अधिकारीले जानकारी दिए ।

हिम पहिरोमा भागाभाग हुँदा केही मानिस घाइते भएका सिडिओ अधिकारीले जानकारी दिए । सदरमुकाम जोमसोमबाट १९ किलोमिटर बेनीतर्फको एक हिमालबाट पहिरो खसेको अधिकारीले बताए ।

अहिले घाइतेलाई उद्धार गरेर जोमसोम लैजाने तयारी भइरहेको छ । पहिरो खसेपछि अहिले खोला केही बढेको र वरपरका गाउँमा जोखिम बढेको छ । उनले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताए ।