मुस्ताङ टिपर दुर्घटनामा मृत्यु भएकाको परिवारलाई सरकारले ५ लाख दिने

मुस्ताङ टिपर दुर्घटनामा मृत्यु भएकाको परिवारलाई सरकारले ५ लाख दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मुस्ताङको स्याङबोचेमा टिपर दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई सरकारले ५ लाखका दरले राहत उपलब्ध गराउने भएको छ।

सोमबारको संसद बैठकमा गृहमन्त्री रामबहादुर थापाले टिपर दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई राहत स्वरुप ५ लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिएका हुन्।

गत शुक्रबार दिउँसो करिब साढे १ बजेतिर मुस्ताङको स्याङबोचेमा टिपर दुर्घटनामा परी सोही सडक खण्ड निर्माण कार्यमा संलग्न २० जना मजदुरको मृत्यु भएको थियो। उक्त घटनाबारे सोमबार प्रतिनिधिसभामा जानकारी गराउँदै गृहमन्त्री थापाले घटनाबारे गहिरो शोक पनि व्यक्त गरेका थिए।

उनले दुर्घटनामा परी घाइते भएका १२ जनाको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको र उनीहरू खतरामुक्त रहेको पनि जानकारी दिए।मृतकको शव सम्बन्धित जिल्लामा नै पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाइने गृहमन्त्री थापाले जानकारी दिए ।