अछाममा एक हजार २३१ म्यादी प्रहरीका लागि आवदेन खुला

अछाममा एक हजार २३१ म्यादी प्रहरीका लागि आवदेन खुला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम – स्थानीय तहको निर्वाचनको लागि अछाममा एक हजार दुई सय ३१ म्यादी प्रहरी भर्ना लिइने भएको छ। आगामी ३० वैशाखमा देशभर एकैसाथ हुने स्थानीय तहको निर्वाचनका लागि अछाममा एक हजार दुई सय ३१ म्यादी प्रहरी भर्ना लिइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

विगतमा म्यादी प्रहरीको कार्यअवधि ५५ देखि ६० दिन अर्थात् दुई महिनाको हुने गरेको थियो । यस पटक भने एक महिना वा ४० दिन मात्र बनाउने तयारी भएको छ । तलब सुविधा पनि सोही अनुसार उपलब्ध हुने बताइएको छ ।

म्यादीलाई प्रहरी जवानसरह करिब २४ हजार तलब, पोसाक भत्ता पाँच हजार र खाजा खर्च उपलब्ध गराउने व्यवस्थासमेत गरिएको छ । एक हप्तादेखि १० दिनसम्म तालिम (प्रशिक्षण) गराइने पनि बताइएको छ । उमेरको हकमा १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका व्यक्तिले ११ चैतसम्म आवेदन दिन सक्ने जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । गृहमन्त्रालयले देशभरबाट एक लाख म्यादी प्रहरी माग गरेको छ।