मधेशमा २३ हजार म्यादी प्रहरी खटाइँदै

मधेशमा २३ हजार म्यादी प्रहरी खटाइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा – आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुरक्षा प्रयोजनार्थ मधेश प्रदेशमा साढे २३ हजार बढी म्यादी प्रहरी खटाइने भएको छ ।

मधेश प्रदेशका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुमनकुमार तिमल्सिनाले मधेस प्रदेशको आठ जिल्लाको प्रत्येक प्रतिनिधि तथा प्रदेशसभाको चुनावमा सुरक्षाका प्रयोजनको लागि २३ हजार सात सय ७१ म्यादी प्रहरी खटाइने जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक तिमल्सिनाले सप्तरीमा ३ हजार दुई सय ७८, सिरहामा दुई हजार आठ सय नौ, धनुषामा तीन हजार चारसय ८६, महोत्तरीमा दुई हजार आठ सय एक म्यादी प्रहरी खटाइने जनाए । त्यस्तै सर्लाहीमा तीन हजार तीन सय सात, रौतहटमा दुई हजार नौ सय ३९, बारामा तीन हजार एक सय ४४ र पर्सामा दुई हजार सात म्यादी प्रहरी खटाइने छ ।

मधेस प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार भर्नाको लागि आवेदन दिने असोज ६ गते अन्तिम दिनसम्ममा म्यादी प्रहरीमा भर्ना हुनको लागि प्रदेशका सबै जिल्लामा ११ हजार आठ सय २७ महिला र ५५ हजार ५७ पुरुषको दरखास्त परेको थियो ।

प्रवक्ता तिमिल्सिनाले भने, ‘गत स्थानीय तह निर्वाचनमा खटिसकेका पुरानै अनुभवी म्यादी प्रहरीलाई प्राथमिकतामा राखिएको छ, पुरानाबाट बचेका सिटमा नयाँले मौका पाउने छन् ।’ उनले त्यसका लागि तोकिएको मापदण्ड पूरा गरेको हुनुपर्छ भन्नुभयो । आवेदन दिएकाको असोज ९ गतेदेखि १४ गतेसम्म छनोट हुने र असोज २५ गते अन्तिम नतिजा प्रकाशन गर्ने तालिका छ ।