म्यादी प्रहरीमा आवेदन दिनेको भिड

म्यादी प्रहरीमा आवेदन दिनेको भिड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरी प्रधान कार्यालय, नक्सालले म्यादी प्रहरीसम्बन्धी सूचना प्रकाशन गरेर भर्नाका लागि आवेदन खुलाएको छ । आज (आइतबार)देखि आवेदन खुलेसँगै विभिन्न जिल्ला प्रहरी कार्यालयहरूमा आवेदन दिनेको भिड लागेको छ।

काठमाण्डु उपत्यकाका महानगरीय प्रहरी परिसर, अन्य जिल्ला प्रहरी कार्यालयमा बिहानैदेखि आवेदन दिनेहरुको लामो लाइन लागेको छ ।  चैत १ गते नेपाल प्रहरीले आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि  १ लाख जना म्यादी प्रहरी माग गरेको थियाे । आवेदन दिने अन्तिम मिति चैत ११ सम्म रहेको छ ।

तोकिएको मितिभित्र बिहान १० बजेदेखि ५ बजेसम्म दरखास्त दिन सकिनेछ । त्यसका लागि १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेको हुनुपर्ने सूचनामा जनाइएको छ।