जिसस म्याग्दीमा एमालेको प्यानलै विजयी, प्रमुखमा थापा र उपप्रमुखमा खत्री निर्वाचित

जिसस म्याग्दीमा एमालेको प्यानलै विजयी, प्रमुखमा थापा र उपप्रमुखमा खत्री निर्वाचित


म्याग्दी- जिल्ला समन्वय समिति (जिसस) म्याग्दीमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्यानलै विजयी भएको छ । हालै मुख्य निर्वाचनको कार्यालयमा सम्पन्न भएको निर्वाचनमा ७/७ मत प्राप्त गरि नेकपा एमालेका प्रमुखमा राजकुमार थापा र उपप्रमुखमा डिल कुमारी खत्री निर्वाचित भएका हुन् ।

थापा बेनी नगरपालिका वडा नम्वर १ रत्नेचौर बाट र खत्री मंगला गाउँपािलका वडा नम्वर १ कुँहुबाट वडा सदस्यमा निर्वाचित भएका थिए । प्रमुखमा निर्वाचित थापा नेकपा एमाले जिल्ला कमिटिका सहसचिव समेत हुन् ।

यता जिसस प्रमुखमा गठवन्धनका तर्फबाट नेपाली काँग्रेसका मन कुमारी विश्वकर्माले ५ र उपप्रमुखमा नेपाली काँग्रेसकै सोहन श्रेष्ठले ५ मत प्राप्त गरे । म्याग्दीमा एक नगरपालिका र पाँच गाउँपालिका गरी ६ वटा स्थानीय तह छन् । ६ वटा स्थानीय तह रहेको म्याग्दीमा जिल्ला समन्वय समितिको निर्वाचनका लागि १२ मतदाता रहेका थिए ।