म्यानमारको जुन्ता सरकारले सुकीविरुद्ध मुद्दा चलाउँदै

म्यानमारको जुन्ता सरकारले सुकीविरुद्ध मुद्दा चलाउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी- म्यानमारको जुन्ता सरकारले सेनाको सत्ताच्युतमा परेकी नेतृ आङ सान सुकीमाथि मुद्दा चलाउने तयारी गरेको छ । सुकीमाथि निर्वाचनमा धाँधली गरेको र दन्डहीनतालाई प्रश्रय दिएको आरोपमा जुन्ता सरकारले सुकी र सेनाले बर्खास्त गरेका राष्ट्रपतिसहित १६ जनाविरुद्ध मुद्दा लगाउने तयारी गरेको हो ।

फेब्रुबरीमा सेनाको कुपछि घरमै नजरबन्दमा रहेकी ७६ वर्षीय सुकी सार्वजनिक कार्यक्रममा देखिन छोडेकी छिन् । तर, सेनाका प्रवत्ताले नजरबन्दमा रहेकी सुकीमाथि सरकारले राम्रो व्यवहार गरेको दाबी गरेका छन् । सुकीलाई सेनाले बोल्न नदिएको उनका वकिलले आरोप लगाउँदै आएका छन् । सुकीलाई भेट्न राष्ट्रसंघका अधिकारीले मागेको अनुमति सेनाले अस्वीकार गरेको छ ।

म्यानमारमा भइरहेको मानवताविरुद्ध अपराध छानबिन गर्न सरकारले सेनाका अधिकारीहरुलाई पहुँच नदिएको राष्ट्रसंघले गुनासो गर्दै आएको छ । तर, सरकारले राष्ट्रसंघको माग आफूहरुलाई अस्वीकार्य भएको बताउँदै आएको छ । ‘कथित मानवताविरुद्धको अपराध अनुसन्धान गर्ने यो उपर्युक्त समय होइन । उनीहरूका मागसँग हामी सहमत छैनौं । म्यानमारबारे उनीहरूले दिएको सुझाव रचनात्मक छैन्,’ प्रवत्ता तुले भने । राष्ट्रसंघले म्यानमारको सैन्य सरकारलाई मान्यता दिनुपर्ने उनको माग छ ।