एजेन्सी – म्यान्मारमा ‘कू’ विरोधी प्रदर्शनमा लागेका ६ सय भन्दा बढी भन्दा बढी मानिस रिहा भएका छन् ।
जेलका एक वरिष्ठ अधिकारीका अनुसार इन्सेन जेलबाट ३६० जना पुरुष र २६८ जना महिला रिहा भएका हुन् । ‘हामीले आज इन्सेन जेलबाट ३६० जना पुरुष र २६८ जना महिलालाई रिहा गरेका छौ’ कारागारका एक वरिष्ठ अधिकारीले नाम नबताउने सर्तमा भने ।
म्यान्मारमा सैनिक ‘कू’ शुरुभएयता भएका विरोध प्रदर्शनका क्रममा हालसम्म २७५ जनाको मृत्यु भएको छ । यद्यपी जुन्ता सरकारका प्रवक्ताले भने १६४ जनाको मृत्यु भएको जनाएको छ । सो प्रदर्शन क्रममा २८ सय भन्दा बढी व्यक्ति पक्राउ परेका पनि समाचारमा जनाइएको छ ।




प्रतिक्रिया