काठमाण्डु-म्यानमारका धार्मिक मामिला तथा संस्कृति मन्त्री युटिन ओलुयिन बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् ।
मन्त्री युटिनलाई लुम्बिनी विकास कोषका वरिष्ठ सुरक्षा अधिकृत खगेन्द्र काफ्ले, सूचना अधिकृत राजन बस्नेत, सूचना शाखाका विकास लामाले स्वागत गरेका हुन् । त्यस अवसरमा मन्त्री युटिनले शान्तिदीप, मायादेवी मन्दिर, पुष्पकरणी पोखरी, अशोक स्तम्भको भ्रमण गर्दै लुम्बिनीका बारेमा जानकारी लिए ।
युटिनले मायादेवी मन्दिर परिसरमा शान्तिको कामना गर्दै पूजा गरेका थिए । बुद्धिष्ट देशसमेत भएकाले म्यानमारको लुम्बिनीप्रति श्रद्धा र आस्था रहेको छ ।
लुम्बिनीस्थित म्यानमार विहारले पूजाको व्यवस्थापन गरेको थियो । संस्कृति तथा धार्मिक मन्त्रीको भ्रमणले अझ म्यानमारबाट लुम्बिनी आउने तीर्थयात्री बृद्धि हुने लुम्बिनी विकास कोषले अपेक्षा गरेको छ ।
प्रतिक्रिया