काठमाण्डु – गत शुक्रबारदेखि हलमा रिलिज भएको ‘म यस्तो गीत गाउँछु २’ले बक्स अफिसमा धमाका मच्चाई रहेको छ ।
अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको मुख्य भुमिका रहेको सो फिल्मले एक हप्तामा ४ करोड ९५ लाखको व्यापार गरेको छ । पुजाले आफ्नो फेसबुक पेजमार्फत् फिल्मले पहिलो हप्तामा ४ करोड ९५ लाखको कलेक्सन गरेको जानकारी दिएकी हुन् ।
यस फिल्मले बलिउड फिल्म ‘गंगुबाई कठियावाडी’लाई समेत पछाडि पारेको छ । फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । निर्माण टिम नायक पल शाहको स्क्याण्डल बाहिरिएसँगै फिल्म डुब्ने चिन्तामा थिए ।
तर पल प्रकरणले यो चलचित्रलाई व्यापारिकरुपमा फाइदा भयो । पहिलो दिनबाटै आक्रामक व्यापार गरेको चलचित्रले अहिले पनि देशभर उल्लेख्य संख्यामा दर्शक बटुलिरहेको छ ।




प्रतिक्रिया