राष्ट्रियसभा निर्वाचन: आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

राष्ट्रियसभा निर्वाचन: आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिएकाहरुविरुद्ध आज दाबीविरोध र उजुरी दिन सकिनेछ ।

निर्वाचन कार्यक्रमअनुसार सोमबार उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण हुनेछ ।

माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । मतदानका लागि २०४७ मतदाता रहेका छन् ।