काठमाण्डु – राष्ट्रियसभामा निर्वाचित १९ सांसदले आज शपथ लिने भएका छन्।
गत माघ ११ गते सम्पन्न चुनावबाट निर्वाचित भएका १९ सांसदहरूलाई आज बिहान साढे ११ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराइनेछ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल आइतबार मध्यराति सकिएकाले उपाध्यक्ष उर्मिला अर्यालले निर्वाचित सदस्यको शपथग्रहण गराउने कार्यक्रम छ ।
गत माघ ११ गते सम्पन्न निर्वाचनबाट राष्ट्रियसभाका १९ सदस्य निर्वाचित भएका थिए । एकजना सदस्य राष्ट्रपतिबाट मनोनित हुने छन् ।
शपथग्रहणपछि नवनिर्वाचित सदस्यहरू आजको राष्ट्रियसभा बैठकमा सहभागी हुनेछन् । राष्ट्रियसभाको बैठक दिउँसो १ : १७ बजेका लागि बोलाइएको छ ।




प्रतिक्रिया