काठमाण्डु- नेपाल वायुसेवा निगमले जहाजमा वाइफाइ राख्ने तयारी गरेको छ । निगमले जहाजमा उच्च गुणस्तरको इन्टरनेट राख्ने तयारी गरिरहेको छ । त्यसका लागि निगमले इन्जिनियरिङ मेन्टिनेन्स विभागका निर्देशकको संयोजकत्वमा ९ सदस्यीय कार्यदल समेत गठन गरिसकेको जानकारी दिएको छ ।
वायु सेवा निगमसंग अहिले २ वटा दुई वाइडबडी छन् । यसले अन्तर्राष्ट्रिय उडानका यात्रुलाई सजिलो हुने निगमले अपेक्षा गरेको छ । साथै यात्रुलाई थप सुविधा समेत प्राप्त हुनेछ ।
जहाजमा वाइफाई प्रणालीको जडानबाट यात्रुलाई थप सुविधा प्राप्त हुनेसबाट ग्राहक सन्तुष्टिदर थप बढ्ने निगमले विश्वास लिएको छ । इन्टरनेट जडान भएसंगै निगमको आम्दानीमा पनि सकरात्मक असर पर्ने दावी गरिएको छ ।




प्रतिक्रिया