राष्ट्रपति पौडेलले गरे नवकन्याको पूजाअर्चना, हेर्नुहोस् तस्बिरहरू

राष्ट्रपति पौडेलले गरे नवकन्याको पूजाअर्चना, हेर्नुहोस् तस्बिरहरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ को अवसरमा नौ जना कन्याको विधिपूर्वक पूजाअर्चना गरेका छन्।

बडादसैँका अवसरमा नवदुर्गाको अवतार स्वरूप राष्ट्रप्रमुखले नवकन्याहरूको पूजाअर्चना गर्ने परम्परा छ।

सोही परम्परा अनुसार राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित मङ्गलबार राष्ट्रपति भवन शीतल निवासमा नवकन्याहरूको पूजाअर्चना गरेका हुन्। दसैँका बेला दुर्गा भगवतीका नौ रूप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीका रूपमा पूजाअर्चना गर्ने गरिन्छ।

सो अवसरमा राष्ट्रपति पौडेलले नवकन्याहरूको गोडा धोएर, टीका लगाई उपहारसमेत प्रदान गरेका थिए।