२ महिनामा वाणिज्य बैंकहरूको नाफा १७ अर्ब, नबिल एक्लैले कमायो पौने २ अर्ब

२ महिनामा वाणिज्य बैंकहरूको नाफा १७ अर्ब, नबिल एक्लैले कमायो पौने २ अर्ब

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा २० वटा वाणिज्य बैंकले कुल १७ अर्ब १ करोड ४० लाख रुपैयाँ नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.३२ प्रतिशत बढी हो।

सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ। नबिलले १ अर्ब ८० करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ। दोस्रोमा ग्लोबल आइएमई बैंकले १ अर्ब ६९ करोड ४५ लाख र तेस्रोमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १ अर्ब २७ करोड ५८ लाख रुपैयाँ नाफा कमाएका छन्।

नाफा वृद्धिदरमा हिमालयन बैंक अगाडि रहेको छ। बैंकको नाफा ५५.१३ प्रतिशतले बढेर ५७ करोड ५१ लाख रुपैयाँ पुगेको छ। सबैभन्दा कम नाफा कमाउनेमा नेपाल एसबीआई बैंक रहेको छ। बैंकले भदौसम्म ४१ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा १७.३२ प्रतिशत बढी हो।

यस्तै, एनआईसी एसिया, हिमालयन, प्रभु, नेपाल इन्भेस्टमेन्ट मेगा र राष्ट्रिय वाणिज्य बैंकको सञ्चित नाफा भने ऋणात्मक रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।