नबिल बैंकले लगानीकर्ताहरुलाई ३५.२६ प्रतिशत लाभांश दिने

नबिल बैंकले लगानीकर्ताहरुलाई ३५.२६ प्रतिशत लाभांश दिने


काठमाण्डु – नबिल बैंकले लगानीकर्ताहरुलाई ३५.२६ प्रतिशत लाभांश दिने भएको छ ।

कोरोना भाइरसको महामारीकाबीच पनि बैंक अन्य बाणिज्य बैंकहरुको तुलनामा सबैभन्दा बढी लाभांश दिने बैंक बनेको हो ।

बैंक सञ्चालक समितिको ५५२ औं बैठकले ३३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

राष्ट्र बैंकको स्वीकृत र आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् । बैंकले गत आर्थिक वर्षमा ३४ प्रतिशत लाभांश दिएको थियो ।

बैंकको चुक्ता पुँजी १० अर्ब ९ करोड रुपैयाँ छ । बोनस सेयरपछि बैंकको चुक्ता पूँजी १३ अर्ब ४८ करोड पुग्ने बैंकले जनाएको छ ।