लाभांश दिनेमा पनि नबिल बैंक एक नम्बरमा, ३८ प्रतिशत दिने घोषणा

लाभांश दिनेमा पनि नबिल बैंक एक नम्बरमा, ३८ प्रतिशत दिने घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नबिल बैकले लाभांश घोषणा गरेको छ । नबिल बैंकको मंगलवार बसेको सञ्चालक समितिको बैठकले ३३.६० प्रतिशत बोनस र ४.४० प्रतिशत नगद लाभांश गरी कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

वाणिज्य बैंक मध्ये नबिलले सबैभन्दा बढी लाभांश घोषणा गरेको छ । राष्ट्र बैंकले स्वीकृत दिएपछि बार्षिक साधारणसभाबाट पारित हुने र त्यसपछि बोनस सेयर सर्वसाधारणलाई वितरण गरिनेछ ।