नवील बैंकद्वारा १२ गाउँपालिकामा शाखा


काठमाडौँ – नवील बैंकले देशका विभिन्न गाउँपालिकामा १२ शाखा मंगलबारदेखि थप गरेको छ ।

बैंकिङ सेवा शुरु भएका गाउँपालिकामा डडेल्धुराको आलिताल, सुर्खेतको बराहताल, बझाङको वित्थडचिर, रुपन्देहीको सम्मरीमाई, जुम्लाको तिला, सल्यानको दार्मा, बैतडीको पञ्चेश्वर, डोटीको सायल, अछामको रामारोशन र तुर्माखाद, कालीकोटको पचालझरना र पलाँता छन् ।

 मंगलबार आयोजित कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले ती गाउँपालिकाका शाखाको विद्युतीय स्वीच थिचेर उद्घाटन गरेका हुन् । मन्त्री खतिवडाले ग्रामीण भेगमा गरिएको शाखा विस्तारबाट वित्तीय कारोबार बैंकिङ प्रणालीबाट गर्न सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे ।

बैंकिङ सेवा पुग्न नसकेका स्थान तथा अन्य गाउँपालिकामा पनि सेवा विस्तार गर्न सुझाव दिँदै उहाँले समृद्ध नेपाल सुखी नेपालीका लागि वित्तीय समावेशिता, बैंकिङ पहुँच तथा बैंकिङ महत्वका बारे बताए ।

बैंकका कार्यकारी अधिकृत अनिलकेशरी शाहले प्रत्येक गाउँमा बैंकिङ सेवा विस्तार गरी वित्तीय अनुशासन कायम गर्न केन्द्रीय बैंकले दिएको निर्देशनअनुसार अन्य स्थानमा पनि शाखा थप गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement