काठमाण्डु – आन्तरिक राजस्व विभागले उत्कृष्ट करदाता घोषणा गरेको छ । १० औँ राष्ट्रिय कर दिवसको अवसरमा विभागले सबैभन्दा बढी तिर्ने करदाता र कार्यालयका प्रतिनिधिलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०७६/७ मा तिरेको करका आधारमा उनीहरूलाई बुधबार अर्थअन्त्री जनार्दन शर्माले सम्मान गरेका हुन् ।
सबैभन्दा बढी कर तिर्ने करदाता सूर्य नेपाल बनेको छ भने व्यक्तिगत आयमध्ये सबैभन्दा बढी आयकर तिर्ने सिद्धार्थ शमशेर जबरा घोषित भएका छन् । वस्तु व्यापारको कारोबारमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनी भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर्स, सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, निर्यात कारोबारबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता डाबर नेपाल प्रा.लि रहेकाे छ ।
साथै विशेष उद्योगहरु मध्ये सबैभन्दा बढी आयकर तिर्ने एसियन पेन्ट्स नेपाल प्रालि, कृषि एवम् पशुपंछी उद्योगहरुमध्ये सबैभदा बढी आयकर दाखिला गर्ने करदाता पूर्वाञ्चल एग्रीटेक प्रालि, सरकारी तथा लघुवित्तको कारोबार गर्ने संस्थाहरुमध्ये बढी कर तिर्ने छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, बैंक वित्तीय संस्थाको कारोबार गर्ने संस्थाहरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता नबिल बैंक लिमिटेड, वीमा व्यवसायमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता नेपाल पुनर्बिमा कम्पनी लिमिटेड, स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्थाहरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने नोवेल मेडिकल कलेज, पर्यटन व्यवसायमा तारागाउँ रिजेन्सीले बढी आयकर तिरेको छ ।
वस्तु व्यापारको कारोबारमध्ये सबैभन्दा बढी कर भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर्स, मध्यमस्तरीय करदातामध्ये बढी कर तिर्ने, कर्जा सूचना केन्द्र लिमिटेड, ऊर्जामूलक उद्योगहरुमध्ये सबैभन्दा बढी कर तिर्ने हिमाल पावर लिमिटेड, २०६६ साउनदेखि २०७८ असार मसान्तसम्म मूल्य अभिवृद्धि करको मासिक कर विवरण र सो बमोजिमको कर समयमै बुझाएर नियमित कर सहभागिता जनाएका करदातामध्ये सबैभन्दा बढी कर तिर्ने घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेड रहेको छ ।




प्रतिक्रिया