नबिल बैंकद्धारा वीर अस्पताललाई अत्याधुनिक अक्सिजन प्लान्ट हस्तान्तरण

नबिल बैंकद्धारा वीर अस्पताललाई अत्याधुनिक अक्सिजन प्लान्ट हस्तान्तरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नबिल बैंक लिमिटेडले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लाई अत्याधुनिक अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । नबिल बैंकको ३७ औं वार्षिकोत्सवको अवसरमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर उक्त प्लान्ट सोमबार हस्तान्तरण गरिएको हो ।

उक्त प्लान्ट स्थापनाका लागि बैंक र अस्पतालवीच गत जेठ ५ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो । समझदारी अनुसार नबिल बैंकले ५० क्युबिक लिटर\प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च ब्यहोर्ने र अस्पतालले आवश्यक स्थान उपलब्ध गराउने सहमती थियो ।

कोभिड १९ दोस्रो लहरको अन्त्यसँगै अहिले विश्वका अन्य मुलुकहरुमा तेस्रो लहर फैलिदै गर्दा, नबिले उपलव्ध गराएको अक्सिजन प्लान्टले तेस्रो चरणको जोखिमको प्रतिकार्य र विरामीहरुको जीवन रक्षा हुने विश्वास बैंकले लिएको छ ।

नबिल बैंक पछिल्लो केही समयदेखी मानव कल्यांणका काममा सक्रिय छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड १९ को महामारी शुरु भएदेखि नै सरकारलाई सहयोग गर्दै आएको छ । गत वर्ष कोभिड १९ को प्रतिकार्यका लागि बैंकले नेपाल सरकारलाई ६ करोड नगद सहयोग गरेको थियो ।

त्यसैगरी नबिल बैंकले सरकारी निकाय तथा मानवीय क्षेत्रमा कार्यरत विभिन्न संस्थासंग समेत साझेदारी गरी विपद्को पूर्व तयारी र क्षमता विकासका लागि काम गर्दै आएको छ । यस अन्तर्गत गत वर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको सहकार्यमा सातै वटा प्रदेशमा स्वास्थ्यकर्मीका लागि स्वास्थ्य आपत्कालिन पूर्व तयारी सम्बन्धी एक दिने अभिमुखिकरण सम्पन्न भएको थियो । यो अभिमुखिकरणमा सरकारी, गैरसरकारी र मानवीय कार्यमा संलग्न विभिन्न संस्थाका ३ सय ३० जना स्वास्थ्यकर्मीहरुले सहभागिता जनाएका थिए ।

नबिल बैंकले विपद् जोखिम न्यूनिकरण र व्यवस्थापनमा बहुपक्षीय साझेदारीको आवश्यकतालाई मध्यनजर गरी यसमा निजि क्षेत्र पनि एक महत्वपूर्ण हिस्सेदार बन्न सक्छ उदाहरण प्रस्तुत गर्दै सरकारसंग यस किसिमको साझेदारी गर्दै आएको छ । आगामी दिनमा नबिलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकको स्वास्थ्य प्रणाली सुधारका लागि लगानी गर्ने बताएको छ ।

वहुविपद्को जोखिमयुक्त देशमा निजि क्षेत्रसहित सम्बन्धित पक्षहरुको निरन्तरको क्रियाशीलताले विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउछ भन्नेमा बैंकको विश्वास रहेको बैंकका संस्थागत संचार विभाग प्रमुख कृष्ण सुवेदीले बताए । यहि विश्वास अन्तर्गत कोभिड १९ को प्रतिकार्यका लागि बैंकले यस किसिमका सहयोग गरेको र आगामी दिनमा पनि यस्ता सहयोगलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तरता दिने जनाएको छ ।