लक्ष्मी बैंकले १०% डिबेञ्चर जारी गर्दै, डिबेञ्चरको निष्काशन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्ट

लक्ष्मी बैंकले १०% डिबेञ्चर जारी गर्दै, डिबेञ्चरको निष्काशन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – लक्ष्मी बैंक लिमिटेडले निकट भविष्यमा १०% लक्ष्मी बैंक डिबेञ्चर जारी गर्ने भएको छ । बैंकले २०८६ को निष्काशन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । आज (साेमबार) एक कार्यक्रममा दुवै कम्पनीबीच सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सो सम्झौतापत्रमा लक्ष्मी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । बैंकले सो ऋणपत्रको डिबेञ्चर ट्रष्टीका रुपमा समेत नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

लक्ष्मी बैंकले १० वर्षका लागि १० प्रतिशत कुपन दर रहेको कूल २ अर्बको ऋणपत्र निश्काशन गर्न लागेको हो । बैंकको हाल कायम रहेको ४० करोडको ऋणपत्र २०७६ माघमा परिपक्व हुँदैछ ।