नवील र यूनाइटेडबीच मर्जर सम्झौता,स्वाप रेसियो ३५ प्रतिशत

नवील र यूनाइटेडबीच मर्जर सम्झौता,स्वाप रेसियो ३५ प्रतिशत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नवील बैंक र यूनाइटेड फाइनान्सबीच मर्जरका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । आज दुवै संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । नविलले यूनाइटेडसहित एनसीसी र नेपाल वंगलादेश बैंकसंग मर्जरको लागी छलफल गरिरहेको थियो । एनसीसी र एनवीवीसंगको मर्जरबारे निकै हल्ला भएपछि उसले अर्को एक कर्मसियल बैंकसंग पनि मर्जरको लागी छलफल चलाएको स्रोतको दावी छ ।

नवील बैंकको तर्फबाट मर्जर कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र यूनाइटेड फाइनान्सका तर्फबाट मर्जर कमिटी सदस्य मनिष खेम्काले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारीअुनसरा नवीलले यूनाइटेड फाइनान्सलाई ३५ रुपैयांको दरले प्राप्ति गर्ने समझदारी बनेको हो । यसको अर्थ यूनाइटेड फाइनान्सको १०० कित्ता सेयर हुनेहरुले प्राप्तिपछि नवील बैंकको ३५ कित्ता सेयर पाउनेछन् । त्यसैगरी दुवै संस्थाबीच अहिलेको नवील बैंकको सिईयो र संचालक पनि कायम रहने समझदारी बनेको हो ।