काठमाण्डु – अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार गरिएको परीक्षणका क्रममा घिमिरेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा नेपालमा पहिलोपटक संवैधानिक अंगका प्रमुखमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । केहीदिनअगाडि घिमिरेका सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रमुख आयुक्त घिमिरे अहिले घरमै आराम गरिरहेका छन् । अख्तियारमा मात्र ५० जना भन्दा बढी कर्मचारी कोरोनाबाट संक्रमित भएका छन् ।




प्रतिक्रिया