नविना लामाले भनिन्ः आई एम विथ केपी ओली

नविना लामाले भनिन्ः आई एम विथ केपी ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांस्द नविना लामाले देशमा केपी ओलीको विकल्प नभएको बताएकी छन् । पछिल्लो समय नेकपाभित्र सरकार परिवर्तनको हल्ला चलिरहेका बेला उनले पार्टी नेतृत्व र प्रधानमन्त्री केपी ओलीको विकल्प नभएको बताएकी हुन् ।

उनले महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई च्युत गर्ने दुस्साहस, गुटबन्दी भर्त्सना योग्य रहेको र यस्तो दिवास्वप्न नदेख्न नेताहरुलाई चेतावनी दिएकी छन् ।

उनले भनेकी छन्, ‘गल्ति, कमजोरीहरुलाई पार्टीको विधि प्रकृयाबाट हल गर्नुनै अहिलेको समस्या समाधानको मुख्य उपाय हो । यो आम कार्यकर्ता र शुभेच्छुकको भावना पनि हो । यो भावनाको प्रतिनिधित्व नेतृत्व बर्गले गर्नु हुनेछ भन्ने आशा व्यक्त गर्दछु । आई एम विथ केपी ओली ।